अब वाग्मती र गण्डकी प्रदेशभित्रका हरेक सवारीसाधनमा इम्वोस्ड नम्वर प्लेट अनिवार्य गरिएको छ । यातायात विभागले सार्वजनिक सूचना जारी गरी साउन १ भित्र वाग्मती र गण्डकी प्रदेशभित्रका सवारीधनीले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कानुनबमोजिम कारबाही हुने भनेको छ ।
नम्बरप्लेट नलगाएका साधनलाई कारवाही गर्ने सुचना प्रकाशित गरेसँगै आवेदन दिनेको संख्या बढेको यातायात कार्यालय एकान्नतकुनाले जनाएको छ । विभागले गर्ने सम्भावित कारवाहीबाट जोगिनका लागी पनि अव सवारीधनीले अनिबार्य इम्वोस्ड नम्वर प्लेट जडान गर्नुको कुनै विकल्प देखिँदैन ।
यस्तो नम्बर प्लेट जडान गर्न भने सवारीधनिले केहि रकम भने खर्च गर्नु पर्ने हुन्छ। विभागले नम्बर प्लेटमा लाग्ने खर्च दुई पाङ्ग्रे, तीन पांग्रे, चार पाङ्ग्रे र ठुला सवारी साधन गरेर चार भागमा विभाजन गरेको छ । विभागका अनुसार इम्वोस्ड नम्वर प्लेट जडान गर्दा दुई पांग्रे सवारी साधनमा २ हजार ५ सय, तीनपांग्रे सवारीसाधनमा २९ सय, साना चारपांग्रे सवारीसाधनमा ३२ सय र ठुला सवारीसाधनमा ३६ सय रुपैयाँ शूल्क लाग्नेछ ।