पछिल्लो ६ महिनामा, टाटा मोटर्सले हुण्डाई मोटरलाई दुई पल्ट उछिन्दै फेरी पनि भारतमा यात्रुवाहक सवारीको दोस्रो ठूलो बिक्रेता बनेको छ । बिक्रीको हिसाबले, टाटा मोटर्सले आफ्नो धेरै बिक्री भएको इलेक्ट्रिक मोडेल नेक्सन ईभी सहित ४३,३४१ यात्रु सवारी साधनहरु बिक्रि गरेको छ ।
अर्कोतर्फ, हुन्डाई मोटर कम्पनीले घरेलु बजारमा ४२ हजार २९३ कार र एसयूभी बिक्री गरेको छ, जुन वार्षिक रूपमा भने ६९.१७ प्रतिशतले वृद्धि भएको छ । तर चेन्नईमा हुण्डाई मोटर इन्डियाका प्लान्टहरूमा केहि मर्मत कार्य गर्दा ६ दिनसम्म कुनै उत्पादन हुन सकेको थिएन, जसले मे बिक्री संख्याहरूलाई असर गरेको कम्पनीले बताएको छ ।
पहिलो नम्बरमा भने सधै नै मारुती सुजुकी रहदै आएको छ । मारुती सुजुकीले मे महिनामा कुल १ लाख ६१ हजार ४१३ कार बिक्री गरेको छ ।