Sunday, June 11, 2023

सरकारले अनिवार्य रुपमा राख्ने भनेको इम्बोस्ड नम्बर प्लेट कसरी जडान गर्ने ?

बागमती र गण्डकी प्रदेशले दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले निर्देशन दिएको हो । साउन १ गतेदेखि ट्राफिक प्रहरीले यसको अनुगमन थाल्ने र र इम्बोस्ड नम्बर नहुनेलाई  २०४९ अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

यसको लागि बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ। यसअघी विभागले २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै अनिवार्य रुपमा जडान गर्न आग्रह गरेको थियो तर कार्यान्वयन भने भएको थिएन।

सरकारले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्न आग्रह गरेसँगै मानिसहरुमा यसको बारेमा जिज्ञासा बढेको छ । धेरैलाई यसको बारेमा थाहा नहुन सक्छ । यसलाई मध्येनजर गरेर हामीले यसको बारेमा विस्तृत जानकारी उपलब्ध गराउँन लागेका छौं ।

के हो इम्बोस्ड नम्बर प्लेट ?

यो नम्बर प्लेट जीपीएस प्रणालीमा आधारित रहेको छ जसमा सानो माइक्रोचिप जडान गरिएको छ । यो नम्बेर प्लेट क्यामेराको माध्यमबाट रिड गर्न मिल्छ र यसमा सवारीसाधनको डिजिटल रेकर्ड समावेश गरिएको हुन्छ । यो प्लेटले राजस्व सङ्कलन, सवारी साधनको अनुगमन र सवारीसाधन चोरी नियन्त्रणका लागि मद्दत गर्ने यातायान विभागले जनाएको छ ।

कसरी गर्ने जडान ?

सर्वप्रथम डिओटिएमको आधिकारिक वेभसाइटमा गएर “Get started” मा किल्क गर्नुपर्नेछ ।

त्यसपछि त्यहाँ सिस्टमले भनेको विवरण (दर्ता नम्बर र दर्ता मिति, क्याप्चा) अनिवार्य रुपमा भरेर “Continue” मा किल्क गर्नुपर्छ ।

त्यसपछि आवेदकले आफ्नो मोबाइल नम्बर भेरिफाई गर्नेपर्नेछ । भेरिफाई गर्न त्यहाँ हालेको नम्बरमा सिस्टमले कोड पठाउँछ । त्यो कोड हालेपछि मोबाइल नम्बर भेरिफाई हुनेछ ।

मोबाइल नम्बर भेरिफाई गरेपछि ईमेल भेरिफाई गर्नुपर्नेछ । त्यसका लागि सिस्टमले ईमेल माग्दछ । त्यसपछि सिस्टमले ईमेलमार्फत कोड पठाउँछ र आवेदकले कोड हालेपछि ईमेल भेरिफाई हुनेछ ।

त्यसपछि सिस्टमले मागेको सबै विवरण अनिवार्य रुपमा हालेर “Next” मा किल्क गर्नुपर्नेछ ।

सबै विवरण भरेपछि फेरि सिस्टमले ‘ओनरको’ को विवरण माग्दछ । यदि तपाईको गाडी ऋणमा खरिद गरिएको हो भने, बैंकको नाम उल्लेख गर्नुपर्छ । त्यसपछि आवेदकले “Next” मा किल्क गर्नपर्नेछ ।

यो सबै विवरण भरेपछि आवेदकले उक्त विवरण डाउन्लोड गरेर सम्बन्धित यातायात विभागमा लगेर बुझाउनु पर्नेछ । यदि केही सच्चाउँन आवश्यक परे आवेदकले ‘Apply again’ मा किल्क गर्न सक्नेछन् ।

यति गरिसकेपछि अनलाईनमा गर्नुपर्ने सबै काम सकिने छ । त्यसपछि आवेदकले तल दिइएको डकुमेन्ट सहित उक्त विवरण डाउन्लोड सम्बन्धित यातायात विभागमा लगेर बुझाउनु पर्नेछ ।

दुईपाङ्ग्रे सवारी चालकले रु २५०० तिरेर काठमाडौंको गुर्जुधारास्थित टीएमओमा र चारपाङ्ग्रे सवारी चालकले रु ३२०० तिरेर ललितपुरको एकान्तकुनास्थित टिएमओमा निवेदन बुझाउन सक्नेछन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here