अब दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराख्ने गाडीलाई सरकारले कारबाही गर्ने भएको छ । बागमती र गण्डकी प्रदेशले दर्ता भएका सवारी साधनमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्न यातायात व्यवस्था विभागले निर्देशन दिएको हो ।
साउन १ गतेदेखि ट्राफिक प्रहरीले यसको अनुगमन थाल्ने र र इम्बोस्ड नम्बर नहुनेलाई २०४९ अनुसार कारबाही गरिने विभागले जनाएको छ । यसको लागि बागमती र गण्डकीका यातायात कार्यालयहरुबाट इम्बोस्ड नम्बरप्लेट जडानका लागि सबै पूर्वाधार तयार भएको विभागको भनाइ छ।
विभागले सूचना प्रहाशित गर्दै सबैलाई इम्बोस्ड नम्बर आग्रह गरेको हो । यसअघी विभागले २०७८ कात्तिक २२ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै अनिवार्य रुपमा जडान गर्न आग्रह गरेको थियो तर कार्यान्वयन भने भएको थिएन।
बागमती प्रदेशको ललितपुरस्थित एकान्तकुना र काठमाडौंस्थित जुर्जुधारा तथा गण्डकी प्रदेशको कास्कीस्थित पोखरामा रहेका यातायात व्यवस्था कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।
