टोयाटा लगातार तेस्रो वर्ष पनि विश्वको सबैभन्दा ठूलो अटोमेकरको रूपमा दोहोर्याउन तयार रहेको देखिन्छ । टोयोटा मोटरले अप्रिलमा आफ्नो प्रतिद्वन्द्वी भोक्सवागनको तुलनामा १० लाख बढी कार बिक्री गरेको छ ।
दुबै अटोमेकरहरूलाई चाइनमा कोरोना महामारीको लकडाउनले बाधा पुर्याएको थियो, तर टोयोटाले त्यो क्षतिलाई राम्रोसँग व्यवस्थित गर्यो। जापानी निर्माता टोयाटा अनुसार विश्वव्यापी डेलिभरी वर्षको पहिलो चार महिनामा ५.८% ले घटेको छ, तर पनि यसको जर्मन प्रतिद्वन्द्वी भोक्सवागनको बिक्री २६% घटेको छ ।
जापान र विदेशमा कोभिड-१९ को फैलावटका कारण कम्पनी पछाडि परेको गत महिना उत्पादन लक्ष्य पूरा नभए पनि टोयोटाले भोक्सवागनलाई आफुलाई उछिन्न भने दिएन ।
आफ्नो ठुलो बजार चीनमा यस वर्ष भोक्सवागनले निकै संघर्ष गरेको छ, अप्रिलदेखि डेलिभरी ३०% घटेको छ । भोक्सवागनको पश्चिमी युरोपमा पनि टोयोटा भन्दा धेरै ठूलो बजार रहेको छ, त्यहाँ पनि युक्रेनमा रूसको आक्रमणले पहिले नै तनावपूर्ण आपूर्ति श्रृंखलालाई थप बाधा पुर्याएको छ ।