तारा एयरलाइन्सले पोखरा–जोमसोमको उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। एयरलाइन्सको यो निर्णयसँगै पोखरा–मुस्ताङको टिकट पनि बन्द हुने भएका हुन् । त्यस्तै, आज तारा एयरका सबै उडान स्थगित भएका छन् ।
यस्तै आज बिहीबार हुने तारा एयरका सबै उडान रद्द भएका छन् । काठमाडौंबाट ५ वटा र नेपालगन्जबाट हुने ५ वटा उडानहरू रद्द गरिएको तारा एयरका प्रवक्ता बर्तौलाले जानकारी दिएका छन् ।
तर, जल तथा मौसम विभागले भने आन्तरिक उडानको लागि इनरुट मौसमी पुर्वानुमान गर्न नसक्ने बताएको छ । आज एक सुचना जारी गर्दै विभागले आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सुचना मात्रै दिँदै आएको उल्लेख गरेको छ। यसका लागि प्रविधि र जनशक्तिको अभाव रहेको विभागले स्पष्ट पारेको छ ।
सरकारले गत जेठ १५ गते विमान दुर्घटनापछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन दिएको छ ।