बजाजले बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज महा मेला अयोजना संचालन गरेको छ । नेपालको लागि बजाज मोटरसाइकलका आधिकारिक वितरक हुलास चन्द एण्ड कम्पनीले मेला जेठ १८ गतेदेखि २४ गर्न लागेको हो । यसैक्रममा ग्राहकको मनोरंजनका लागि कम्पनीले जेठ २१ गते शनिबार दिउँसो २ बजे चर्चित गायक सबिन राईको कन्सर्ट भृकुटीमण्डपमा राखेको छ ।
ग्राहकले बजाजका कुनै पनि मोटरसाइकल तथा स्कुटर नगदमा खरिद गर्दा १० हजारसम्मको छुट पाउँनेछन् । कम्पनीले ग्राहकलाई ४० प्रतिशत डाउन पेमेन्ट गरेर शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल खरिद गर्ने सुविधा पनि उपलब्ध गराईदिएको छ ।

मेला अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डका पुराना मोटरसाइकल तथा स्कुटरसँगबजाजको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्न सक्दछन् । यसबापत कम्पनीले मूल्याङ्कनका आधारमा ग्राहकलाई १० हजार रकम उपलब्ध गराउँने छन् ।
मेलामा मोटरसाइकल चेकअप क्याम्प, फ्रि एशोसिरज, एकै स्थानमा १८ भन्दा धेरै भ्यालुएटर,टेष्ट राइड जस्ता सुविधाहरु रहेका छन् । यसका साथै, हरेक दिन लक्की ड्र मार्फत ग्राहकले सामसङ मोबाइल जित्न सक्नेछन् ।