दक्षिण कोरियन कम्पनी कियाले भारतीय बजारमा ईभी-६ सार्वजनिक गरेको छ । कम्पनीले भारतमा यसको आधिकारिक मूल्य भारु. ५९.९५ लाख रुपैयाँ तोकेको छ । अहिलेलाई यसको २ भेरियन्ट मात्र बजारमा आएको छ ।
पहिलो चरणमा यो मोडल सिबियूले बेच्नेछ भने त्यसपछि भारतमा रहका कम्पनीको स्थानीय प्लान्टमा एसेम्बल गरिनेछ । एयनसीएपी (ANCAP) ले हालैको क्र्यास टेस्टमा यो कारलाई ५-स्टार रेटिङ दिएको छ।
कम्पनीका अनुसार सुरुवाती चरणमा कम्पनीले इलेक्ट्रिक क्रसओभरको १०० युनिट मात्र बिक्री गर्ने जनाएको छ । हाललाई भारतमा उपलब्ध रहेका ३५५ ईभी-६ कार सबै बुक भईसकेको कम्पनीले जनाएको छ । कम्पनीले पहिलो चरणमा बुक भएका कारहरु आगामी सेप्टेम्बरबाट डेलिभरी गर्नेछ ।
यसको दुई भेरियन्ट मध्ये अलि सस्तो रियर-ह्वील ड्राइभ हो र उच्च-स्पेक भेरियन्ट अल-ह्वील ड्राइभ हो । यि दुवै भेरिन्टमा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक समावेश गरिएको छ । १५० किलोवाट डिसी फास्ट चार्जर रहेको यो कारको ब्याट्री ४० मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। यसले फुल चार्जमा ५०० किलोमिटरसम्मको यात्रा तय गर्ने सकिने कम्पनीले जनाएको छ ।
यसमा डिजिटल टाइगर नोज ग्रिल, क्रमिक टर्न इन्डिकेटर, एलईडी हेड लाइट र टेल लाइट युनिट र स्टाइलिश एलोय ह्वीलहरू रहेका छन्। विदेशमा बिक्री हुने मोडलको तुलनामा भारतको मोडलले १७० एमएमभन्दा बढी ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।