नेपाली काँग्रेसका नेता गगन थापाले प्रतिनिघि सभामा बोल्दै अर्थमन्त्री जनार्दन शर्मालाई विद्युतीय गाडी माथिको कर बढाउनुको कारण सोधेका छन् ।
उनले भने्, ‘यो बजेटले आयात घटाउने विषयलाई प्राथामिकता दिनु राम्रो थियो तर भर्खर विक्री हुन थालेको विद्युतीय गाडीमा किन कर बढायो । यो किन आवश्यक भयो भन्ने मेरो प्रश्न हो ।’
यसअघी अन्तःशुल्क पूरा छुट दिएका जनार्दन शर्माले योपाली बढाएका छन् । आगामी वर्षको बजेट अनुसार १०० देखि माथि किलोवाटको मोटर जडान भएको इलेक्ट्रिक कारलाई ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तः शुक्ल लागेन्छ ।
२०१ देखि माथि किलोवाट क्षेमताका मोटर जडान भएकालाई ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क र ३०० माथि क्षेमताका मोटर भएकालाई ६० प्रतिशत भन्सार र ६० प्रतिशत अन्तःशुक्ल लाग्ने बजेटमा उल्लेख रहेको छ ।