काठमाडौँबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान काठमाडौं नै फिर्ता भएको छ । भद्रपुरका लागि १० बजेर ४३ मिनेटमा उडेको जहाज बीचबाटोमा पुगेपछि टायरमा समस्या देखिएपछि त्यहिबाट फर्किएको छ।
फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाजको अहिले प्राविधिक जाँच भइरहेको जानकारी एयरपोर्टबाट आएको छ ।