आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सार्वजनिक गरेको बजेटमा इलेक्ट्रिक कारमा यसअघि लाग्दै आएको भन्सार र अन्तशुल्कको दरमा भारी बृद्धि भएको छ । तर पनि सरकारले बजेटमा १ सय किलोवाट क्षमतासम्मको मोटर जडित इलेक्ट्रिक कारमा भने केहि बृद्धि नगरी पहिलेकै करलाई निरन्तरता दिएको छ । त्यसैले यी इलेक्ट्रिक कार पुरानै मूल्यमा पाइने भएको छ ।
नेपालमा पाइने १ सय वाट क्षमतासम्मको मोटर जडित चल्तिका इलेक्ट्रिक कार भनेको टाटा, बीवाईडी र हुन्डाईसँग मात्र उपलब्ध रहेको छ । त्यसैगरी सीजी मोटर्सले बिक्री शुरु गर्न लागेको नेटा भी पनि यही श्रेणीमा पर्ने छ । नेटा भीमा ५५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ जसको मुल्य ३८ लाख ओरिपरि रहने अनुमान गरिएको छ ।
टाटाले बिक्री गर्दै आइरहेको नेक्सन ईभी, टिगोर ईभी, बीवाईडीले बिक्री गर्दै आइरहेको नयाँ ई६ अनि हुन्डाई कोनाको एउटा भेरिएन्टमा १ सय वाट क्षमता भन्दा कमको मोटर जडित गरिएको छ । यी वाहेक दिगो ई८ र सिटी स्प्रिटमा १५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यी कारलाई पनि बजेटमा थप भएको करले असर गर्नेछैन ।