भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएको छ । जसअन्तर्गत पेट्रोल र मट्टितेलको मूल्य बढेर आएको छ भने खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य घटेको छ ।
आज बुधबार जेठ १८ गते आएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८.२१ रुपैयाँ र मट्टितेल प्रतिलिटर ६.९८ रुपैयाँ बढेर आएको छ । डिजेल प्रतिलिटर ७.०४ रुपैयाँ, एलपी ग्यास प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३.३६ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।
सरकारले बजेटमार्फत नै परल (लागत) मूल्यममा इन्धन बेच्ने घोषणा गरेसँगै अब पेट्रोलको मूल्य २०२.९८ रुपैयाँ र डिजेलको १७६.०९ रुपैयाँ रहेको निगमले जनाएको छ ।
हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ ।