सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट आइतबार संसदमा प्रस्तुत गरिसकेको छ जसको असर अटोमोबाइल क्षेत्र निकै मज्जाले परेको देखिन्छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी वर्षको बजेटमा एसेम्बल प्लान्ट स्थापनामा जोड दिँदै आयात रोक्नेमा जोड दिएका छन् ।
अरु कम्पनिहरुले झैँ बजाजले पनि मोटरसाइलको मूल्य वृद्धि गरेको छ । सरकारले बजेटमार्फत २०० सीसीभन्दा माथिका मोटरसाइकलमा भन्सार दर वृद्धि गरे पछि कम्पनी पनि मूल्य वृद्धि गर्न बाध्य भएको हो ।
नेपाली बजारमा बजाज डोमिनार २५० को मूल्य एकैपटक ४७ हजार रुपैयाँले बढेको छ । पहिले यसको मूल्य ५ लाख २० हजार ९ सय रुपैयाँ थियो भने अब यसको मूल्य ५ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको छ ।
पल्सर २२० एफमा पनि कम्पनीले ७ हजार रुपैयाँ वृद्धि गरेको छ । यी दुबै मोटरसाइकलमा लाग्ने भन्सारको दर समान छ । त्यस्तै कम्पनीले बजार डोमिनार ४०० मा भने १६ हजार रुपैयाँ मात्रै मूल्य वृद्धि गरेको छ ।