Monday, June 5, 2023

पेट्रोल र बिजुली दुवैबाट चल्न सक्ने ‘हाइब्रिड कार’, यसको बारेमा पढ्नै पर्ने बिस्तृत जानकारी

कुनै दुई चीजहरू संयोजन गरेर बनाइएको कुरालाई ‘हाइब्रिड’ भन्ने गरिएको छ । अटोमोबाइल उद्योगमा, हाइब्रिड कार भनेको पेट्रोल इन्जिन र बिजुली मोटर दुवैबाट चल्ने सवारी हो । हाइब्रिड कारहरू ग्यास इन्जिन, विद्युतीय मोटर वा दुवैमा एकैसाथ चल्न सक्ने गरी डिजाइन गरिएको हुन्छ – जसले अन्ततः ग्यास खपत कम गर्छ ।

विद्युतीय गाडीमा पाइने जस्तै इलेक्ट्रिक मोटरलाई पावर गर्न, हाइब्रिड कारहरूमा उच्च-भोल्टेज ब्याट्रीहरू लगाईएको हुन्छ । यद्यपी, हाइब्रिड कारहरू सिधै बिजुली सकेटमा प्लग गरेर चार्ज गर्न भने सकिदैन । वास्तवमा, ब्याट्रीहरू गाडीमा जडान गरिएको ग्यास इन्जिन मार्फत चार्ज गरिन्छ । हाइब्रिड कारहरूले ब्याट्रीमा रहेको पावर भर्नका लागि रिजेनेरेटिभ ब्रेकिङ प्रयोग गरिन्छ र यो गाडीको ब्रेक प्रयोग गर्दा आउँछ ।

उदाहरण को लागी, एक पेट्रोल इन्जिन भएको कारमा, जब तपाइँ ब्रेक लगाउनु हुन्छ, उत्पादित ऊर्जा कार रोक्न को लागी प्रयोग भएर नष्ट हुन्छ। तर हाइब्रिड गाडीमा, त्यो ऊर्जा ब्याट्रीमा फिर्ता हुन्छ जुन अन्य कार्यहरूको लागि प्रयोग गर्न सकिन्छ ।

हाइब्रिड कारहरूले फाइदाहरू –

पेट्रोलबाट चल्ने कारहरु बिस्तारै प्रयोगकर्ताहरुको रोजाईबाट घटीरहेको छन् र विद्युतीय कारहरू अझै पूर्ण रूपमा लागू हुने प्रक्रियामा छन्, यो ट्रान्जिसनमा हाइब्रिड कारको बारेमा पनि सोच्न सकिन्छ । तर, के हाइब्रिड गाडीहरु साँच्चै लगानी गर्न लायक छन् ? हाइब्रिड कारका केही फाइदाहरू हेरौं ।

वातावरण मैत्री

माथिनै उल्लेख गरेझै, हाइब्रिड कार सामान्य पेट्रोलबाट चल्ने गाडीको तुलनामा धेरै इन्धन किफायती हुन्छ । यसको मतलब यो हो कि हाइब्रिड कारले कम ग्यास खपत गर्छ जसले गर्दा वातावरणमा कम प्रदूषण गर्छ । वास्तवमा, एक वर्षको लागि ग्यासबाट चल्ने कारको सट्टा हाइब्रिड कार चलाउदा, तपाईंले ५१७७ पाउन्ड CO2e, वा २५८७ पाउन्ड कोइलालाई पृथ्वीको वायुमण्डलमा जल्नबाट रोक्न सक्नुहुन्छ । र यसले ठूलो फरक पार्छ ।

उच्च रिसेल मुल्य

कार किन्नु, धेरैजसो मानिसहरूको लागि, ठूलो लगानी हो ।कार किन्ने निर्णय गर्नु अघि धेरै विचार गर्नुपर्छ र सोच्नको लागि सबैभन्दा ठूलो चीजहरू मध्ये एक यसको रिसेल मूल्य हो । स्मार्टफोन वा टिभी जस्तै, कारमा पनि हरेक वर्ष केहि नयाँ र राम्रो रिलीज भइरहेको हुन्छ । यद्यपि, धेरैजसो मानिसहरूले प्रत्येक वर्ष आफ्नो कार परिवर्तन गर्न सक्दैनन् । त्यसैले हाइब्रिड कारहरू किन्दा डराउनु पर्दैन किनभने यसको पुनर्विक्रय मूल्य नियमित कारहरू भन्दा धेरै बढी हुन्छ ।

पुन: उत्पन्न ब्रेकिंग प्रणाली (Regenerative Braking System)

हामीले यसबारे माथि नै कुरा गरिसकेका छौँ कि हाइब्रिड कारमा पाइने पुन: उत्पन्न गर्ने ब्रेकिङ प्रणाली, गाडीमा लगानी गर्ने सबैभन्दा राम्रो कारण हो । हाइब्रिड कारमा जडान गरिएका ब्याट्रीहरू ग्यास इन्जिनद्वारा चार्ज हुन्छन् र प्रत्येक पटक ब्रेक प्रयोग गर्दा तिनीहरूले पावर प्राप्त गर्छन । ब्रेक प्रयोग गर्दा ऊर्जा गुमाउनुको सट्टा, पुन: उत्पन्न ब्रेकिङ प्रणालीले ब्याट्री चार्ज गर्न त्यो ऊर्जा प्रयोग गर्दछ जुन राम्रो माइलेज प्रदान गर्ने जस्ता अन्य चीजहरूमा प्रयोग गर्न सकिन्छ ।

हाइब्रिड सवारी साधनको प्रकार

सबै प्रकारका सवारी साधनहरूमा जस्तै, हाइब्रिड कारहरू पनि विभिन्न प्रकार र भिन्नताहरूमा आउँछन् ।

मिल्ड हाइब्रिडहरू (Mild Hybrids)

मिल्ड हाइब्रिडहरू पनि नियमित वा पूर्ण हाइब्रिडहरू जस्तै हुन्छन् तर केही स्तरहरूमा कम हुन्छन् । उदाहरणका लागि, मिल्ड हाइब्रिड गाडीले पूर्ण हाइब्रिडको रूपमा इन्धन दक्षता प्रदान गर्दैन । मिल्ड हाइब्रिड प्रविधिले पूर्ण हाइब्रिड भेरियन्टको तुलनामा कार्यसम्पादनमा केहि कमजोरी देखाउछ किनभने मिल्ड हाइब्रिडहरू साना हुन्छन् र मोटरलाई धेरै पावरको आवश्यकता पर्दैन र त्यसैले ४८-भोल्ट विद्युतीय प्रणालीमा जोडिएको हुन्छ ।

तर पनि मिल्ड हाइब्रिडहरूले पुन: उत्पन्न ब्रेकिंग प्रणाली र ग्यास इन्जिनबाट आफ्नो ऊर्जा प्राप्त गर्छ । अन्ततः, मिल्ड हाइब्रिडहरू, पूर्ण हाइब्रिड गाडीहरूभन्दा सानो र सस्तो हुन्छन् – त्यसैले मिल्ड हाइब्रिडहरु धेरै लोकप्रिय छन् ।

पूर्ण हाइब्रिडहरू (Full Hybrids)

पूर्ण हाइब्रिड टेक्नोलोजी, हाइब्रिड कारहरूको लागि अधिक प्रयोग गरिन्छ किनभने पूर्ण हाइब्रिडहरुको इलेक्ट्रिक कम्पोनेन्टसँग धेरै काम गर्न क्षमता हुन्छ । पूर्ण हाइब्रिड संस्करण अन्तर्गत अन्य थप दुई विकल्पहरू हुन्छन् :

समानान्तर हाइब्रिडहरू (Parallel Hybrids) – समानान्तर हाइब्रिड कारले पाङ्ग्राहरू अगाडि बढाउन ग्यास इन्जिन र विद्युतीय मोटर दुवै प्रयोग गर्छ । यसले कारलाई प्रत्येक पटक निष्क्रिय स्थितिबाट चल्न थालेपछि कारको प्रदर्शन बढाउँछ । समानान्तर हाइब्रिड कारहरूलाई म्यानुअल, अटोमेटिक वा CVT (कन्टिन्युअसली भेरिएबल ट्रान्समिसन) गियरबक्सहरूसँग जोड्न सकिन्छ । पेट्रोल इन्जिनको आकार र प्रसारण प्रकारले समानान्तर हाइब्रिड गाडीको अनुभूति, आवाज र स्पिड निर्धारण गर्दछ।

श्रृंखला हाइब्रिडहरू (Series Hybrids) – समानान्तर हाइब्रिडको विपरीत, यसले गाडीको विद्युतीय मोटरलाई मात्र शक्तिको स्रोतको रूपमा मात्र प्रयोग गर्छ । एक श्रृंखला हाइब्रिड कारको ग्यास इन्जिन ब्याट्री प्याक चार्ज गर्न मात्र प्रयोग गरिन्छ । विद्युतीय मोटरले गाडीलाई आवश्यक पर्ने सबै थ्रस्ट प्रदान गर्दछ जसको मतलब यो इलेक्ट्रिक गाडी जस्तै काम गर्छ र सहज र शक्तिशाली ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

प्लग-इन हाइब्रिडहरू (Plug-in Hybrids)

अरु सामान्य विधुतीय गाडी जस्तै, प्लग-इन हाइब्रिड ठूलो ब्याट्री प्याकसँग फिट भएको हुन्छ जसलाई चार्ज गर्नको लागि बिजुली सकेटको प्रयोग गर्नु पर्ने हुन्छ । प्लग-इन हाइब्रिड कारले यहाँ उल्लेख गरिएका अन्य हाइब्रिड भेरियन्टहरू भन्दा लामो समयसम्म अल-आउट इलेक्ट्रिक गाडीको रूपमा कार्य गर्दछ । तर एक पटक विद्युतीय शक्ति प्रयोग गरिसकेपछि, प्लग-इन हाइब्रिडले, समानान्तर हाइब्रिड (Parallel Hybrid) कार जस्तै काम गर्न थाल्छ जसले हाइब्रिड भेरियन्टहरूको उत्कृष्ट माइलेज र इन्धन दक्षता प्रदान गर्दछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here