इलेक्ट्रिक स्कुटर कम्पनीहरु बढ्दो पेट्रोलियम पदार्थको मूल्यलाई मध्येनजर गरेर ग्राहकहरुको लागि विभिन्न आकर्षक स्किमहरु सार्वजनिक गरिरहेका छन् । यसैक्रममा चाइनीज कम्पनी लेभ्निङ इलेक्ट्रिक स्कुटरले नेपाली ग्राहकलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ । नेपालका लागि आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले ‘तपाईको गोजीमा कति छ ?’ नामकरण गर्दै उक्त स्किम सार्वजनिक गरेको हो ।
यस अनुसार कम्पनीले ‘१० हजार ल्याउनुहोस्, लेभ्निङ स्कुटर लानुहोस् ’ योजना ल्याइएको छ । यो स्किम शून्य प्रतिशत फाइनान्सका साथ उपलब्ध हुनेछ । कम्पनीले ललितपुरको लगनखेलमा अवस्थित गतिशील बचत तथा ऋण सहकारी संस्थासँग समन्वय गरि फाइनान्स सुविधा उपलब्ध गराउने छ । १०००० मा फाइनान्सका साथ उपलब्ध हुने यो प्रभावकारी हुनसक्ने कम्पनीको भनाइ छ ।
कम्पनीका अुनसार ग्राहकले १२ ,१८ र २४ महिना सम्मका लागि फाइनान्सको फाईदा लिन सकिनेछ ।
हाल नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध रहेका छन् ।