Sunday, June 11, 2023

यामाहा FZ-X आधिकारिक रूपमा नेपालमा लन्च भएको छ

यामाहाले आधिकारिक रूपमा नेपालमा पहिलो नियो-रेट्रो मोटरसाइकल FZ-X सार्वजनिक गरेको छ । यो यामाहा एफजेड प्लेटफर्ममा आधारित नयाँ नियो-रेट्रो कम्युटर मोटरसाइकल हो ।

नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले नेपालमा पहिलो पटक नियो रेट्रो १५० सीसी मोटरसाइकल लन्च गरेको छ । FZ-X सहरमा घुम्नका लागि र लामो यात्राको लागि पनि सहज राइडिङ पोजिसनसहित निर्माण गरिएको छ । आधुनिक र किफायती बाइक खोज्नेहरूका लागि पनि यो उपयुक्त हुनेछ ।

FZ-X मा १४९ cc को एकल-सिलिन्डर इन्जिन रहेको छ । यो ७२५० rpm मा १२.४ bhp को अधिकतम पावर आउटपुट र ५५०० rpm मा १३.३ Nm पीक टर्कको साथ एयर-कूल्ड ४-स्ट्रोक १४९ cc SOHC, २-भल्भ, एकल-सिलिन्डर ईन्धन-इन्जेक्टेड “ब्लू कोर” इन्जिनसँग आउँछ । इन्जिन पाँच-स्पीड गियरबक्ससँग जोडिएको छ । मोटरसाइकलमा सिंगल च्यानल एबीएस सहित दुवै छेउमा डिस्क ब्रेकहरू छन् । यसमा साइड स्ट्यान्ड इन्जिन कट-अफ स्विच पनि छ जुन आज भोलि हरेक बाईकको अनिवार्य सुविधा हो।

FZ-X मेटालिक ब्लू, म्याट कपर र म्याट ब्ल्याक गरी तीन आकर्षक रंगमा उपलब्ध रहेको छ । यामाहा FZX को नेपालमा मूल्य ४.२६ लाख बाट सुरु हुन्छ । यसले बजाज पल्सर एनएस १६०, टिभिएस अपाचे आरटीआर १६० र सुजुकी जिक्सरसँग प्रतिस्पर्धा गर्ने अनुमान लाउन सकिन्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here