चेक गणतन्त्रबाट सुरु भएको चर्चित कम्पनी क्लासिक लिजेन्ड्सले नेपाली बजारमा आफ्नो नयाँ बाइक ‘जावा फोर्टी टु’ औपाचारिक रुपमा लन्च गरेको छ । नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले चर्चित नेपाली गायक सुशान्त केसीको साथमा उत्तरढोकास्थित सोरुममा यो बाइक सार्वजनिक गरेको हो ।
कम्पनीले नेपाली नयाँ वर्ष लगत्तै ‘जावा फोर्टी टु’ २.१ भर्सनको बुकिङ खुला गरेको थियो । कम्पनीले नेपालमा यसको आधिकारिक मूल्य ७ लाख ५८ हजार रुपैयाँ निर्धारण गरेको छ । हाल नेपाली बजारमा यो अलस्टार ब्ल्याक, ओरियन रेड र सिरियस ह्वाइट कलरमा उपलब्ध रहेको छ ।
यो नयाँ भर्जनको बाइकमा पहिलेको तुलनामा आकर्षक र सुधारित इन्जिन रहेको छ । यसमा २९३ सीसी लिक्विड कूल्ड र फ्युल इन्जेक्टेड इन्जिन उपलब्ध रहेको छ जसलेअधिकतम २७.३३ पीएस पावर र २७.०२ एनएमको टर्क जेनेरेट गर्दछ । यो बाइकमा क्रस पोर्ट टेक्नोलोजी प्रयोग गर्ने पहिलो एकल सिलिन्डर इन्जिन रहेको कम्पनीले जनाएको छ ।
जावामा सिटलाई नयाँ सिट प्यानका साथै लामो सवारीमा थप आरामदायी बनाउन कुशनिङ साथ पुनः इन्जिनियर गरिएको छ । अलोय ह्वील, ट्यूवलेस टायर, ट्रिप मिटर, फ्लाई स्क्रिन र हेडल्याम्प ग्रिल जस्ता फिचर्सहरु यसमा रहेको छन् । यसका साथै पहिलेको तुलनामा यसमा आरामदायि सिट रहेको छ ।