यामाहाले नेपाली बजारमा आर-१५ एम भित्रिएको छ । यामाहाको आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले भृकुटीमण्डपमा चलिरहेको महा एक्सचेन्ज मेलामा यो सार्वजनिक गरेको हो । यो बाइक आज आइतबारबाट देशभरिको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीले यसको आधिकारिक मूल्य ५ लाख ७९ हजार ९ सय रुपैयाँ राखेको छ ।
यो बाइकमा क्विकसिफ्टर प्रयोग गरिएको छ जसबाट निश्चित गति भन्दा बढी चलाउँदा गियरसिफ्ट अफ हुन्छ र घटाउँदा मात्र गियरको प्रयोग गर्नुपर्छ। साथै, ट्राफिक जामलाई मध्येनजर गरेर ग्राहकको सहजताको लागि यसमा पसाइड डाउन टेलिस्कोपिक सस्पेन्सन समावेश गरिएको छ ।
यसमा १५५ सीसी, सिंगल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले १८.५ बीएचपी पावर र १४.१ एनएम टर्क जेनेरेट गर्छ। यसमा ६ स्पिड गियरबक्स छ भने स्लिपर एन्ड असिस्ट क्लच स्ट्यान्डर्डको रुपमा छ।
यो बाइकमा साइड स्ट्यान्ड सेन्सर, परिस्कृत रियर फेन्डर, डिजिटल कन्सोल, याक्सन कन्ट्रोलका साथै क्विक सिफ्टर र स्लिपर क्लच जस्ता फिचरहरु रहेका छन् ।