आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेका छन् । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ रहेको छ ।
यसका साथै, सरकारले आगामी आर्थिक वर्षमा देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । उपत्यकामा पेट्रोलियम प्रयोग गर्ने निजी र सार्वजनिकलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने सरकारको योजना रहेको छ ।