सरकारले आगामी आर्थिक वर्ष (२०७९-८०) अन्तर्गत नेपालमा विद्युतीय कार उत्पादन गर्ने कम्पनीको कमाइमा ५ वर्षसम्म ४० प्रतिशत आयकरमा छुट दिने घोषणा गरेको छ । इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने कम्पनीलाई भने १ प्रतिशत मात्रै कर लाग्नेछ ।
यसका साथै, सरकारले कम्बस्चन इन्जिन भएका कार एसेम्बल गर्ने कम्पनीलाई २५ प्रतिशत भन्सार शुल्क र ५० प्रतिशत अन्तःशुल्कमा छुट दिने घोषणा भएको छ ।
आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।