सरकारको आगामी आर्थिक वर्ष (२०७९-८०) को बजेट अन्तर्गत अब सर्वसाधरणले आवेदन दिएको एक महिनाभित्रै सवारी चालक अनुमतिपत्रको परीक्षा दिन पाउँनेछन् ।
सङ्घीय संसदमा अर्थमन्त्रि जनार्दन शर्माले प्रस्तुत गरेको बजेट कार्यक्रमअनुसार आवेदन दिएको एक महिनाभित्र परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गरिनेछ ।
हरेक प्रदेशमा रहेका यातायात कार्यालयबाटै स्मार्ट ड्राइभिङ लाइसेन्स उपलब्ध गराउँने शर्माले बताए ।