सरकारले आगामी आर्थिक वर्षमा देशका विभिन्न ५० स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । सरकारले विद्युतिय सवारीलाई प्राथमिकता दिन उद्देश्यले आज बजेट भाषणमा यो निर्णय गरेको हो । साथै, बजेटले अहिले संचालनमा रहेका पेट्रोल पम्पहरुमा चार्जिङ स्टेशन निर्माण गर्न विशेष सहुलियत दिने घोषणा गरिएको छ ।
साथै, सरकारी कार्यलयले विद्युतीय सवारीसाधन किन्नुपर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुरा बताएका हुन् ।