पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर बिहान ९:५५ बजे उडेको ९ एनएईटी ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो ।
जहाजमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना विदेशी नागरिक सवार थिए ।
उडेको २५ देखि ३० मिनेटमा अवतरण हुनु पर्ने उक्त विमान अहिलेसम्म सम्पर्कमा नआएको तारा एयरका अधिकारीहरुले बताएका छन् ।