भारतको सबैभन्दा ठूलो अटोमोबाईल कम्पनी टाटा मोटर्सले ललितपुरस्थित सातदोबाटोमा सोरुम सञ्चालन ल्याएको छ । सिप्रदीको आधिकारिक डिलर जेबी अटोमोटिभ प्रालिको आइतबार उद्घाटन भएको हो ।
ग्राहकहरूका लागि आधुनिक सुविधाहितको सोरुम सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ । टाटा मोटर्स र सिप्रदी टेडिङ प्रालिको प्रतिबद्घता अनुुसार आफनो सञ्जाल नेपालभरि फैलाउने क्रममा उक्त शोरुम खोलिएको हो ।
टाटा मोटर्सका तर्फबाट अजित सिंह, सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरी, प्यासेन्जर भेहिकल प्रमुख शावन्तजङ सिजापतीलगायतले उक्त सोरुम संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त सोरुममा टाटा मोटर्सका नयाँ बिएस-६ का सम्पूर्ण गाडीहरू उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले बताएको छ।