नाडाले आन्तरिक पर्यटनलाई बढुवा गर्ने उद्देश्यले आफ्नो कार्यसमितिको बैठक सफलतापूर्वक सम्पन्न गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्र्रुव थापाले कर्णालीको प्राकितिक सुन्दरताको बयान गर्दै यसको आन्तरिक रुपमा मात्रै पदोन्नति गर्न सके अत्याधिक रुपमा आन्तरिक पर्यटन आउने बताए ।
उनले भने, ‘ कर्णाली पर्यटकिय सम्भावना बोकेको प्रदेश हो । सरकारले कर्णालीको पर्यटकिय क्षेत्रलाई प्राथमिकतामा राखे यहाँका स्थानिय बासिन्दाले रोजगारी प्राप्त गर्नुको साथै आर्थिक उन्नतिमा टेवा पुग्नेछ । ‘
यसको लागि सरकारले पूर्वाधार विकासमा केन्द्रित भएर काम गर्नुपर्ने थापाले बताए । उनका अनुसार, ‘कर्णाली पछि पर्नुमा यहाँको पूर्वाधारले मुख्य भुमिका खेलेको छ । निजि क्षेत्र र राज्य मिलेर पूर्वाधार बिकासमा काम गरे कर्णालीले चाडैं नै मुहार फेर्नेछ । यसको लागि नाडा जुनसुकै किसिमको सहयोग गर्न तयार रहेको छ ।’
उक्त बैठकमा कर्णाली अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष भद्र भण्डारीले कर्णालीको पूर्वाधार, केन्द्र सरकारको पहलमा ‘स्पेशल अटो जोन निर्माण’, ब्यवसायीको क्षमता अभिवृद्धि कार्यक्रम संचालन जस्ता विषयहरु राखेका थिए ।
नाडाले पर्यटक ओसार पसारमा काम गर्ने पदमबहादुर रावलका २ बच्चाको पढाई लेखाईमा सहयोग पुगोस् भनेर १५ हजार रुपैयाँ सहयोग गरेको छ ।