Monday, May 29, 2023

आयल निगमले ११७.१८ रुपैयाँमा किनेको पेट्रोल काठमाडौं आईपुग्दा कसरी हुन्छ १८० रुपैयाँ ?

नेपाल आयल निगमले आईतबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनीक गरेको छ । जसअन्तर्गत पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढेको छ । योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पुगेको छ । साथै, खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाँले बढेर १८ सय पुगेको छ ।

आयल निगमले आठ दिनको अन्तरालमा पेट्रोलियम पदार्थको मूल्य गरिसकेको छ । यसअघी चुनावको भोलिपल्ट  वैशाख ३१ राति १२ बजेबाट लागु हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ बढाएको थियो।

मूल्य बढाएर बेचेपनि आगामी १ महिनामा ६ अर्ब ७० करोड घाटा लाग्ने निगमले जनाएको छ । सरकारले विभिन्न शीर्षकमा लिने अचाक्ली करले मूल्य बढाउँन बाध्य भएको निगमले जनाएको छ ।

सरकारले लिने कर

सरकारले पेट्रोलमा प्रतिलिटर ६३.२३ कर लगाउँदै आएको छ । नेपाल आयाल निगमले भारतबाट ११७.१८ रुपैयाँमा नेपाल पेट्रोल भित्र्याउने गर्छ । सरकारले विभिन्न शीर्षकमा लगाएको करको मूल्य र खरिद गरेको मूल्य एकमुस्ट जोडदा निगमलाई काठमाडौं आइपुग्दा प्रतिलिटर १९४.६४ रुपैयाँ पर्न जान्छ । निगमले हाल तय गरेको बिक्रि मूल्य (१८० रुपैयाँ) अनुसार निगमलाई प्रतिलिटर १४.६४ रुपैयाँ घाटा हुन जान्छ ।

सरकाले प्रतिलिटरमा निगम प्रशासन खर्च ०.६० रुपैयाँ, बीमा खर्च ०.०७ रुपैयाँ, ढुवानी भाडा ६.६ रुपैयाँ, प्राविधिक नोक्सानी १.३८ रुपैयाँ, डिलर खर्च र नाफा ६.१२ रुपैयाँ थप शुल्क लिने गरेको छ ।

साथै, सरकारले  डिजेलमा ४५.९१ रुपैयाँ कर लिदै आईरहेको छ । नेपाल आयाल निगमले भारतबाट १३४.५४ रुपैयाँमा नेपाल डिजेल भित्र्याउने गरेको छ । सरकारले विभिन्न शीर्षकमा लगाएको करको मूल्य र खरिद गरेको मूल्य एकमुस्ट जोडदा निगमलाई काठमाडौं आइपुग्दा प्रतिलिटर १८९.८२ रुपैयाँ पर्न जान्छ । निगमले हाल तय गरेको बिक्रि मूल्य (१६३ रुपैयाँ) अनुसार निगमलाई प्रतिलिटर २६.८२  रुपैयाँ घाटा हुन जान्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here