टीभीएस एनटर्कको नयाँ भेरियन्ट ‘एनटर्क १२५ रेस एक्सटी’ पहिलेको तुलनामा केही नयाँ फिचर र अपडेटेड फिचर आउने कम्पनीले जनाएको छ । तर इन्जिन भने एउटै रहने छ । यसमा १२४.८ सी सी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम ९.२५ बीएचपी पावर र १०.५ एनएमको पीक टर्क जेनेरेट गर्दछ ।
स्कुटरको उच्च स्पीड ९५ किमी प्रतिघण्टा छ र यसले ९ सेकेण्डमा ०-६० किमी प्रतिघण्टासम्मको गति लिन सक्दछ । यसमा फुल एलईडी हेडलाइट, फराकिलो सिट र पछाडि एलईडी टेल लाइट रहेका छन् । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।
यो स्कुटरमा सामाजिक सञ्जालबाट नोटिफिकेशन प्राप्त हुनेछ । यसका साथै यसमा क्रिकेट र फुटबलको स्कोर, मौसम अपडेट जस्ता जानकारी प्राप्त हुनेछ ।
हाल यो स्कुटर भारतमा उपलब्ध रहेको छ । नेपालको लागि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले यो स्कुटर चाडैं नै नेपालमा लन्च गर्ने जनाएको छ । नेपालमा टीभीएस एनटर्क सर्वाधिक चल्ती र धेरै बिक्रि हुने स्कुटर मध्ये एक हो । १२५ सीसीमा आधारित यो स्कुटरको कम्पनीले विभिन्न भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।