टाटा मोटर्सले सवारी साधन सुरक्षा समूह ग्लोबल एनसीएपी (NCAP ) द्वारा सञ्चालन गरिएका सबै क्र्यास टेस्टहरु गरिरहेको छ। नेक्सन, पंच र अल्ट्रोज जस्ता यसका मोडलहरूले पहिले नै पूर्ण ५ स्टार सुरक्षा मूल्याङ्कन प्राप्त गरिसकेका छन् तर धेरैलाई थाहा छैन कि टाटा टियागोको इन्ट्री-लेभल मोडल, पनि वयस्क सुरक्षामा क्र्यास टेस्ट संस्थाबाट सम्मानजनक ४-स्टार रेटिङ प्राप्त गरेको छ । संस्थाको तर्फबाट सानो कारको परीक्षण गरिएको थियो ।
टाटा टियागोको वयस्क व्यक्तिहरूको लागि सुरक्षा मूल्याङ्कन
ग्लोबल एनसीएपीका अनुसार कारले चालक र अगाडिको यात्रुको टाउकोलाई ‘पर्याप्त’ सुरक्षा प्रदान गर्ने टेस्टले देखाएको छ । चालकको छातीमा पनि पर्याप्त सुरक्षा देखाएको छ, तर चालकको घुँडा र अगाडि बस्ने व्यक्तिको लागी भने “ठिकै” मात्रै सुरक्षा हुने देखाएको छ । यद्यपि, टेस्टले फुटवेल क्षेत्रलाई अस्थिरको रूपमा मूल्याङ्कन गरेको थियो । कारले अगाडिको दुवै सिटका लागि सिटबेल्ट रिमाइन्डर प्रदान गर्दछ । यी सबै कुराहरु हेर्दा वयस्क व्यक्तिहरूको लागि 4-स्टार रेटिङ प्राप्त गरेको हो ।
बालबालिकाको सुरक्षाको सन्दर्भमा यस्तो छ सेफ्टी रेटिङ
टाटा टियागोले बालबालिकाको सुरक्षाका लागि ४-स्टार रेटिङ प्राप्त गरेको छ । ग्लोबल एनसीएपीका अनुसार, वयस्क सिटबेल्ट प्रयोग गरेर ३ र १.५ वर्षको बच्चाको सिट RWF स्थितिमा जडान गरिएको थियो । दुबै अवस्थामा, बच्चालाई धेरै अगाडी आउनबाट सिटबेल्टले जोगाउने देखिएको थियो । टेस्टले, छाती र टाउको राम्रो सुरक्षा देखाएको छ । CRS मार्किङ स्थायी थियो । टियागो रियर सेन्टर पोजिसनमा ल्यापबेल्टको साथ आउँछ र यसमा ISOFIX एन्कोरेजहरू छैनन् । माथिका सबै कुराहरु हेर्दा बालबालिकाको सुरक्षाको लागि टाटा टियागोले 4-स्टार रेटिङ प्राप्त गरेको हो ।