जीपले, भारतमा बहुप्रतीक्षित मेरिडियन लन्च गरेको छ, जसको मूल्य २९.९० लाख रुपैयाँदेखि सुरु भएर टप-भेरिएन्टको लागि ३६.९५ लाख रुपैयाँसम्म राखिएको छ । जीप मेरिडियनको लागि बुकिङहरू पहिले नै खुलिसकेको छ, र डेलिभरीहरू भने जुनको तेस्रो हप्ताबाट सुरु गर्ने कम्पनिले बताएको छ । मेरिडियन पुरानो कम्पास प्लेटफर्ममा आधारित छ, तर तेश्रो रो सिट सहित परिमार्जन गरिएको छ। नेपाली बजारमा भने सो एसयूभी भविष्यमा आउने अनुमान गर्न सकिन्छ ।
लन्चमा, मेरिडियन २ लिटर फोर-सिलिन्डर मल्टिजेट टर्बो-डिजेल इन्जिनको साथ मात्र उपलब्ध हुनेछ । सो इन्जिनले अधिकतम १७० बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड रुपमा दिइएको छ । पेट्रोल इन्जिन पछि लाइन-अपमा सामेल हुने सम्भावना रहेको छ ।
जिप मेरिडियनमा ६० भन्दा बढी सेफ्टी र सेक्युरिटी फिचर उपलब्ध छ । नयाँ जिप मेरिडियनमा ६ एयरब्याग, ट्रयाक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट र डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा र अन्य सेफ्टी फिचर छ ।
भारतमा आउने जीप मेरिडियनको सबै भेरिएन्टको विस्तृत मूल्य सूची यसप्रकार छ :
Variants | Price |
---|---|
Limited MT FWD | Rs 29.90 lakh |
Limited (O) MT FWD | Rs 32.40 lakh |
Limited AT FWD | Rs 31.80 lakh |
Limited (O) AT FWD | Rs 34.30 lakh |
Limited (O) AT 4*4 | Rs 36.95 lakh |