Monday, May 29, 2023

जीप इन्डियाले लन्च गर्यो बहुप्रतिक्षित एसयुभी मेरिडियन, यस्ता छन् विशेषता

जीप इन्डियाले बिहीबार आधिकारिक रूपमा आफ्नो बहुप्रतिक्षित एसयुभी मेरिडियन भारतमा लन्च गरेको छ। म्यानुअल ट्रान्समिसनसहितको बेस भेरियन्टको लागि जीप मेरिडियन एसयूभीको प्रारम्भिक मूल्य भारु २९.९० लाख रुपैयाँ राखिएको छ। साथै, टोमेटिक ट्रान्समिसन भएको टप-अफ-द-लाइन भेरियन्टको एक्स-शोरूम मूल्य भारु ३६.९५ लाख रुपैयाँ तोकिएको छ।

यो गाडीको लुक जीप कम्पास एसयूभीको जस्तो रहेको छ । लुकमा उस्तै देखिएपनि यो गाडी निकै आधुनिक र विलासी एसयूभी भएको कम्पनीले जनाएको छ । यसको लुक सिग्नेचर डिजाइनमा आधारित रहेको छ । यसमा द्वि-फंक्शन एलईडी हेडल्याम्पहरू, एलईडी डेटाइम रनिङ लाइटहरू सहितको आकर्षक बम्पर, पानोरामिक सनरुफ, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले, बडी क्ल्याडिङ, इन्टिग्रेटेड रूफ, ८ इन्चको डायमण्ड-कट एलोय ह्वील, एलईडी फग ल्याम्पहरूसहितको आइकोनिक सेभेन-स्लेट ग्रिलहरू समावेश रहेका छन् ।

जीप मेरिडियनमा २.० लिटर ४ सिलिन्डर टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ जसले अधिकतम १७० बीएचपी पावर र ३५० एनएमको टर्क जेनेरेट गर्छ। यसमा फ्रन्ट-ह्विल ड्राइभ र अल-ह्विल ड्राइभ दुवै प्रणाली रहेका छन् ।

यो एसयुभीले १०.८ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्छ र यसको टप स्पीड १९८ किमी प्रतिघण्टा रहेको छ । यसमा इलेक्ट्रिकली एडजस्टेबल फ्रन्ट सिट, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, वायरलेस फोन चार्जिङ, डुअल जोन क्लाइमेट कन्ट्रोल, पानोरामिक सनरुफ, पावर्ड टेलगेट र ९ स्पिकर अल्पाइन सोर्स अडियो सिस्टम जस्ता विलासी फिचरहरु रहेका छन् ।

ग्राहकहरुको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले जीप मेरिडियनमा ६० भन्दा बढी सेफ्टी र सेक्युरिटी फिचरहरु उपलब्ध गराएको छ । नयाँ जीप मेरिडियनमा ६ एयरब्याग, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल स्टार्ट र डिसेन्ट कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता सेफ्टि फिचरहरु रहेका छन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here