कोरियन कम्पनी हुन्डाइ मोटर र यसको सहायक कम्पनी किआले दक्षिण कोरियामा विद्युतीय सवारी साधनको उत्पादन बढाउन २१ ट्रिलियन वोन (१६.५ डलर बिलियन) लगानी गर्ने योजना बनाएका छन् । जसअन्तर्गत कम्पनीले नयाँ कारखाना स्थापना गरी वार्षिक करिब १ लाख ४५ हजार कार निर्माण गर्ने योजना बनाएको छ ।
साथै, हुन्डाइले सन् २०३० सम्ममा विद्युतीय सवारी साधनको वार्षिक उत्पादन १४ लाख ४४ हजार युनिट पुर्याउने लक्ष्य लिएको छ । कम्पनीले सो समय अवधीमा लक्ष्य हासिँल गर्न सफल भए १.४४ मिलियनको उत्पादनमा हुन्डाई र किआको विश्वव्यापी ईभी उत्पादनको ४५ प्रतिशत हुनेछ।
कम्पनीको अनुसार सन् २०२३ को पहिलो ६ हप्तामा यसको उत्पादन सुरु हुने र २०२५ को दोस्रो ६ महिनामा व्यावसायिक उत्पादन सुरु हुनेछ । यसका साथै, हुन्डाई मोटर समूहले सन् २०३० सम्ममा विश्वव्यापी रूपमा वार्षिक ३.२३ मिलियन ईभी बिक्री गर्ने लक्ष्य राखेको छ।