नेपालका एक मात्र रोयल इनफिल्डका भेट्रान सोलो राईडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथाको सफल आरोहण गरेका छन् । गुफीले जेठ १ गते बिहान ७-८ बजे तीर १० जना विभिन्न मुलुकका आरोहीसँगै सगरमाथाको सफल आरोहण गरेका थिए ।
सगरमाथा आरोहण ‘८८४८ बालिकालाई बालविवाह विरुद्ध शिक्षा’ (Teach 8848 Girls Against Child Marriage) अभियानलाई सफल बनाउन अल्फा अटोमोटिभ प्रालिका निर्देशक हर्ष संघाइले शुभकामनाका साथै रोयल इनफिल्डको झण्डा दिएका थिए ।
श्रेष्ठले सगरमाथामा चुचुरोमा रोयल इनफिल्डको झण्डा सफलता पुर्वक पुर्याइ फहराएका थिए । कम्पनीले आफ्नो बिक्रि, सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको छ ।