यामाहाका नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले हिजो अर्थात बैशाख ६ गतेदेखि लागु हुने गरि आफ्ना मोटरसाइकल र स्कुटरको मूल्य बढाएको थियो । कम्पनीले स्कुटरमा ४ हजार देखि मोटरसाइकलमा २० हजार बढाएको हो ।
कम्पनीले सबैभन्दा बढि मूल्य ‘एक्सटीजेड १५०’ को बढाएको छ ।
पछिल्लो समय कम्पनीहरु विश्व बजारमा आफ्नो उत्पादनको मूल्य बढाइरहेका छन् । बजारमा गाडी वा मोटरसाइकल बनाउन उपयुक्त सामानको मूल्य वृद्धि भएसँगै गाडी वा मोटरसाइकल मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् ।
