पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातकाे भाडा फेरि बढाएको छ । सरकारले जेठ ४ गतेदेखि लागु हुने गरि भाडा बढाएको हो । मंगलबार एक सूचना प्रकाशित गर्दै यातायात विभागले यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो ।
निगमले जेठ १ गतेदेखि लागुहुने गरि पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ बढाएको थियो ।
यसका साथै, भारतीय आयल कर्पोरेसन (आइओसीे) ले जेठ २ गते नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । जसअन्तर्गत, पेट्रोलमा प्रतिलिटर ८, डिजेलमा प्रतिलिटर ४ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर आएको छ । पेट्रोल खरिद लागत १९१.०२ रुपैयाँ र डिजेलको १८७ रुपैयाँ रहेको जनाइएको छ ।