नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको भाउ फेरि बढाएको छ । जेठ १ अर्थात शनिबार राति १२ बजेदेखि लागु हुनेगरि आयल निगमले डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रूपैयाँ बढाएको हो । साथै, आगामी १५ दिनमा ४ अर्ब २५ करोड घाटा हुने निगमले जनाएको छ । हालसम्म निगमको घाटा ३५ अर्ब नाघेको छ ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासमा भने पहिलेकै मूल्य यथावत रहेको नेपाल आयल निगमले जनाएको छ ।
लागत मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा २३.२ रुपैयाँ, डिजेलमा ४०.१३ रुपैयाँ घाटा रहेको तर मट्टितेलमा २.८१ नाफा रहेको निगमले जनाएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ १२.६४ रुपैयाँ र बाह्यतर्फ ६४.६९ रुपैयाँ नाफा रहेको तर ग्यासमा प्रतिसिलिन्डर १ हजार ५०.८ रुपैयाँ घाटा रहेको जनाइएको छ ।