यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५-एफआई स्ट्रिट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो ।
यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएन्ंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रे जेडआर–१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार रेजेडआर सामान्यतः प्रति लिटर ५८ किलोमिटर माइलेज प्रदान गर्ने स्कुटर हो । यसले अन्य स्कुटरको तुलनामा ३ वर्षको अवधिमा ९३ हजार रुपैयाँसम्म चालकलाई बचत गर्न मद्दत पुर्याउने कम्पनीको दाबी छ ।
स्मार्ट “कनेक्ट-एक्स” फिचर सुरु गर्न एन्ड्रोइड फोन प्रयोग गर्ने चालकले “गुगल प्ले स्टोर” र “एप्पल” को फोन प्रयोग गर्ने चालकले “एप्पल”को “एप स्टोर” मार्फत यामाहाको “कनेक्ट-एक्स” एप डाउण्लोड गरी उक्त एपमार्फत आफ्नो मोबाइलफोन स्कुटरमा कनेक्ट गर्न सक्नेछन् । कम्पनीका अनुसार “कनेक्ट-एक्स” एक्टिभेट गरेपछि चालकहरूले निम्न पाँच सुविधाहरू प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ ।
१. “लोकेट माइ भिएकल” मार्फत् चालकले सहजै आफ्नो स्कुटर ‘लोकेट’ गर्न सक्नेछन् ।
२. “हजार्ड” फिचरमार्फत् आकस्मिक अवस्थाको बेला स्कुटरको चारै वटा इन्डिकेटरहरू बाली अन्य चालकहरूलाई सूचित गर्न सक्नेछन् ।
३. “राइडिङ हिस्ट्री” मार्फत् स्कुटरसँग गरिएको प्रत्येक यात्राको विवरण हेर्न सक्नेछन् ।
४. “पार्किङ रेकर्ड” मार्फत स्कुटर पार्क गरिएको स्थान सहजै पत्ता लगाउन सक्नेछन् ।
५. स्कुटर लोकेट गर्न नसकिएको अव्स्थामा “एन्सर ब्याक” फिचर सेलेक्ट गर्दा स्कुटरको “इन्डिकेटर” र “हर्न” क्रमशः बल्ने र बज्ने भएकोले स्कुटर सजिलै ‘लोकेट’ गर्न सक्नेछन् ।