टोयोटाले सांघाइमा भएको लकडाउनका कारण आफ्नो उत्पादन घटाउने जनाएको छ । कोभिडका कारण सांघाइमा लकडाउन भए पछि टोयोटाले आगामी सोमबारदेखि अर्को हप्तासम्मका लागि जापानमा भएका उद्योगहरुमा आफ्नो उत्पादनहरु घटाउने बताएको हो ।
सांघाइमा कोरोना भाइरसको संक्रमण बढ्न थाले पछि त्यहाँ लकडाउन सुरु गरिएको छ । जसको प्रत्यक्ष असर सेमिकन्डक्टर उद्योगमा परेको छ । अहिले सेमिकन्डक्टरको बजारमा अभाव छ । यहि कारणले टेस्लाे पनि आफ्नो उत्पादन घटाउने बताएको थियो ।

“चीनको सांघाइमा भएको लकडाउनका कारण जापानका ८ वटा उद्योगहरुमा मे १६ देखि २१ सम्मका लागि उत्पादन स्थगीत गरिएको छ ।” टोयाटाले बताएको छ ।
सांघाइमा अहिले लकडाउन छैटौँ हप्तामा चलिरहेको छ । यसले उद्योगहरु सञ्चालन गर्न कठिन हुदै गइरहेको छ ।