Sunday, June 11, 2023

टाटा नेक्सन ईभी म्याक्स सार्वजनिक, फुल चार्जमा काठमाडौंदेखि दाङ पुगिने

टाटा मोटर्सको सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक नेक्सन ईभीको नयाँँ भेरियन्ट नेक्सन म्याक्स सर्वजनिक भएको छ । कम्पनीले भारतीय बजारमा टाटा नेक्सन ईभी म्याक्सको प्रारम्भिक मूल्य १७ लाख ७४ हजार राखेको छ । कम्पनीले म्याक्स यक्सजेट पल्स र यक्सजेट पल्स गरि २ भेरियन्ट लन्च गरेको हो ।

यसको फ्लोर प्यान मुनि ४०.५ किलोवाट आवरको ब्याट्री रहेको छ जुन स्ट्यान्डर्ड मोडल भन्दा ३३ प्रतिशत बढी हो । गाडीले सिंगल चार्जमा ४३७ किलोमिटरसम्मको रेन्ज दिनेछ । लिथियम-आयन ब्याट्रीले अगाडिको एक्सलमा राखिएको विद्युतीय मोटरलाई पावर दिने काम गर्छ जसले १४३ बीपीएच र २५० एनएम टर्क उत्पादन गर्दछ । यो इलेक्ट्रिक एसयुभीले ९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको गति लिन सक्दछ ।

टाटा इलेक्ट्रिक एसयुभीमा चार्जिङका लागि स्ट्यान्डर्ड ३.३ किलोवाट चार्जर र ७.२ किलोवाट एसी फास्ट चार्जर गरि २ विकल्पहरु रहेका छन् । ३.३ किलोवाट चार्जरबाट १५-१६ घण्टा र ७.२ किलोवाट एसी फास्ट चार्जरबाट ५-६ घण्टामै फुल चार्ज गर्न सकिने छ ।

ठूलो ब्याट्री प्याक राखिएको भएतापनि नेक्सन ईभी म्याक्सले ३५० लिटरको बुट स्पेस प्रदान गरिरहने कम्पनीले जनाएको छ । साथै एकपटकको फुल चार्जमा गाडीले ४३७ किलोमिटरको रेन्ज दिनेछ ।

नेक्सन ईभी म्याक्समा तीनवटा ड्राइभ मोडहरू छन् – सिटी, स्पोर्ट र इको । साथै, यसमा भेन्टिलेटेड सिटहरू, वायरलेस स्मार्टफोन चार्जिङ, अटो डिमिङ, एयर प्युरिफायर, क्रुज कन्ट्रोल, पार्क मोडजस्ता फिचरहरु रहेका छन् ।

ग्राहकहरुको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटो होल्डसहित इलेक्ट्रोनिक पार्किङ ब्रेक र ४ डिस्क ब्रेकसहितको ईएसपी जस्ता सुविधाहरू समावेश गरेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here