Monday, May 29, 2023

चुनावका दिन सटल बस सेवा सञ्चालन हुने

नेपाल पर्यटन बोर्डले पर्यटकको सहजताको लागि एयरपोर्टदेखि काठमाडौंको विभिन्न ठाउँमा सटल बस सेवा सञ्चालन गर्ने भएको छ । सरकारले चुनावलाई मध्येनजर गरेर सार्वजनिक तथा निजि सवारीसाधनमा रोक लगाउने निर्णय गरेको थियो । यसबिच, हवाई पर्यटकलाई एयरपोर्टदेखि होटेल पुग्न कुनैपनि असुविधा नहोस् भनेर नेपाल पर्यटन बोर्डले  सटल बस सेवा सञ्चालन गरेको हो ।

पर्यटकले होटेलदेखि एयरपोर्टसम्मको पनि सटल बस सेवा प्राप्त गर्न सक्दछन् । सटल बस सेवा प्राप्त गर्ने पर्यटकले प्रतिव्यक्ति ३०० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

गाडीका रुटः

रुट १ 
एअरपोर्ट–एनएसी–होटल अन्नपूर्ण–होटल याक एन्ड यति–ठमेल  चोक–लैनचौर चोक–शंकर होटल–एम्बासडर होटल–एयरपोर्ट 

रुट २ 
एयरपोर्ट–होटल र्याडिसन–सांग्रिला होटल–नारायण गोपाल चोक–महाराजगंज चोक–हायात रिजेन्सी–चाबहिल चोक–होटल द्वारिका–एयरपोर्ट 

रुट ३ 
एअरपोर्ट–तीनकुने चोक–होटल एभरेस्ट–माइतीघर चोक–होटल हिमालयन–होटल सोल्टी–ग्रान्ड होटल–एयरपोर्ट ।

चुनावको दिन के चल्ने के नचल्ने ?

निजि सवारी साधन पनि प्रशासनको अनुमति पासबिना चलाउँन नपाईने निर्वाचन आयोगले जनाएको छ । काम विशेषले सञ्चालन गर्नुपर्ने  अवस्था आए सर्वसाधरणले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिनुपर्नेछ ।

अपांगता भएका मतदाताका हकमा सम्बन्धित मुख्य निर्वाचन अधिकृतबाट सवारी अनुमति लिएर एकाघरका एक जनासहित मतदानस्थलमा जाने मापदण्ड तय गरिएको छ । 

अत्ति आवश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवाले भने पास बिनै चलाउँन पाउँने छन् । अन्तर्राष्ट्रिय हवाई उडान गर्ने यात्रुले पासपोर्ट, भिसा र हवाई टिकट देखाएको आधारमा यात्रा गर्न पाउँनेछन् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here