भारतमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनमा आगलागीका घटनाहरु लगातार बाहिर आईरहेका छन् । यसैक्रममा भारतको तेलंगानाकोमा विद्युतीय मोटरसाइकलको ब्याट्री पड्केको घटना सार्वजनिक भएको छ । घटनामा कुनैपनि मानवीय क्षेति नभएको त्यहाँका स्थानीय प्रहरीले जनाएका छन् ।
स्कुटर धनीले आफ्नो घरबाहिर चार्ज गर्ने क्रममा एक्कासी ब्याट्री पड्किएर विष्फोट भएको र मोटरसाइकलका पार्टपुर्जा जलेको रिपोर्टले जनाएको छ । आगो लाग्नुको मुख्य कारण भने अहिले सम्म बाहिर आएको छैन् ।
भारतमा हालसम्म ओला इलेक्ट्रिक, ओकिनावा, प्योर ईभी र जितेन्द्र ईभी स्कुटर जस्ता बिजुलीका दुई पाङ्ग्रे सवारीसाधनमा आगलागीका घटना बाहिर आएका छन् ।
आगलागीका घटनालाई मध्येनजर गरेर ओला इलेक्ट्रिकले अप्रिलमा निरीक्षणका लागि १ हजार ४ सय ४१ इलेक्ट्रिक स्कुटर फिर्ता बोलाएको थियो। यसका साथै ओकिनावा अटोटेक र प्योर ईभीले क्रमश ३ हजार बढी र २ हजार युनिट फिर्ता बोलाएको थियो ।