होन्डा मोटरसाइकल तथा स्कुटरले नेपाली ग्राहकहरुको लागि लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । ‘होन्डा छ साथ साथ’ नामकरण गर्दै होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकले नेपालको ६ वटै प्रदेशबाट प्रत्यक एकजना ग्राहकले सामसुङ ए-५० स्मार्टफोन उपहार पाउनेछन् । यसका साथै, सबै प्रदेशबाट एकजनाले होन्डा वाइकको मर्मतसम्भार निशुल्क गराउन एएमसी निशुल्क पाउनेछन् ।
ग्राहकले कुनैपनि होन्डा मोटरसाइकल र स्कुटर खरिद गर्दा स्क्र्याच मार्फत १ लाख रुपैयाँसम्म क्यासव्याक पाउनेछन् । कम्पनीले वम्परमा एकजनालाई ७ लाख रुपैयाँ दिनेछ ।
अफर अन्तर्गत ग्राहकले जम्मा १ प्रतिशत व्याजदरमा होन्डा मोटरसाइकल तथा स्कुटर समेत खरिद गर्न पाउनेछन् । नयाँवर्षको अफर सकिएको केही समयमै होन्डाले नयाँ अफर सार्वजनिक गरेको हो ।