महिन्द्रा एण्ड महिन्द्राले आफ्नो आउँदै गरेको नयाँ एसयूभीको टिजर भिडियो सार्वजनिक गरेको छ । कोडनेम जेट १०१० राखिएको यो एसयूभी नयाँ जेनेरेशनको महिन्द्रा स्कर्पियो हो, जसको परीक्षण लामो समयदेखि भइरहेको छ । पहिलो आधिकारिक टिजरसँगै कम्पनीले नयाँ २०२२ महिन्द्रा स्कर्पियोको प्रचार र प्रवर्द्धन सुरु गरेको छ ।
महिन्द्रा इन्डिया डिजाइन स्टुडियो कम्पनीले यसको डिजाइन गरेको हो भने न्नई नजिकै महिन्द्रा रिसर्च भ्यालीमा अत्याधुनिक सुविधाहरूमा इन्जिनियर गरिएको हो । यो एसयूभीको नयाँ-जेन मोडेलको आधिकारिक विवरण छिट्टै खुल्ने कम्पनीले जनाएको छ । पहिलेको तुलनामा यसको आकार ठुलो रहेको र यसमा शक्तिशाली इन्जिन समावेश गरिएको छ ।
रिपोर्टका अनुसार यसमा २ इन्जिन (२.० लिटर mStallion टर्बो पेट्रोल र २.२ लिटर mHawk डिजेल।) रहेका छन् । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक गरि २ गियरबक्स समावेश गरिएको छ ।
ग्राहकहरुको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले महिन्द्रा स्कोर्पियोमा ६ एयरब्याग, रिभर्स क्यामेरा, टायर प्रेसर निगरानी प्रणाली, क्रुज कन्ट्रोल र रियर डिस्क ब्रेक जस्ता सुविधाहरू राखेको छ ।
यसमा ३६० डिग्री क्यामेरा, सवारी साधन टेलिमेटिक्स, डिजिटल एनालग इन्स्ट्रुमेन्ट,स्मार्टफोन कनेक्टिभिटीसहितको ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, हेड-अप डिस्प्ले युनिट, सनरुफ, रियर एसी भेन्ट्स, वायरलेस चार्जिङ, उचाइ-समायोज्यको साथ ड्राइभर सिट जस्ता फिचरहरु रहेका छन् ।