स्कुटर क्षेत्रमा आफ्नो दबदबा बनाउँन सफल हिरो मोटोक्रोपले डेस्टिनी १२५ लाई नयाँ भर्जनमा डेस्टिनी एक्सटेक १२५ मा लन्च गरेको छ । पहिलेको तुलनामा यो स्कुटर अलि धेरै प्रिमियम रहेको कम्पनीले जनाएको छ । नयाँ एलईडी हेडल्याम्प,रेट्रो डिजाइन र विलासी क्रोम तत्वहरूले यो स्कुटरलाई प्रिमियम लुक दिन्छ ।
यसमा हिरोको नयाँ प्राविधिक सुविधाहरू जस्तै आई ३ टेक्नोलोजी (इडल स्टप-स्टार्ट सिस्टम), फ्रन्ट युएसबी चार्जर, ब्लुटुथ जडान, कल र एसएमएस अलर्ट सहितको नयाँ डिजिटल एनालग स्पीडोमिटर, साइड स्ट्यान्ड इन्जिन कट अफ र सिट ब्याकरेस्ट (आरामदायी ड्राइभिङको लागि) सुविधाहरु उपलब्ध रहेका छन् ।
पहिलेको तुलनामा यो स्कुटरमा राम्रो माइलेज, बढी पिकअप र न्यूनतम मेन्टेनेन्स रहेको छ । यसमा १२५ सीसी बिएस-६ इन्जिन रहेका छ जसले उत्कृष्ट पावर आउटपुट प्रदान गर्दछ।
ग्राहकको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले स्कूटरमा साइड-स्ट्यान्ड भिजुअल इन्डिकेशन र ‘साइड-स्ट्यान्ड इन्जिन कट अफ’ समावेश गरेको छ ।