सुन्दर यातायातले काठमाडौं देखि पोखरा सम्म चल्ने विद्युतीय बस सार्वजनिक गरेको छ । सुन्दर यातायातले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सो बस आगामी निर्वाचन पश्चात काठमाडौं–पोखरा रुटमा संचालन गरिने छ ।
सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा अनुसार ‘कम्पनीले दुई सय ६२ किलोमिटरसम्म रेन्ज दिने गाडी तयार गरिरहेको छ । हाम्रो १८० किलोवाट क्षमतासहित चार्जिङस्टेशन अमर चोकमा रहन्छ । चार्जिङ गर्न केहि समय लाग्ने हुनाले चार्जिङस्टेशनमै सुन्दर यातायातले खाजा खानाको लागि क्याफेको वेवस्ता गर्नेछ । ‘
कम्पनीले काठमाडौं तथा रुपन्देहीको सैनामैनामा गरेर करिब २२ वटा बिजुली गाडी सञ्चालन गरिरहेको छ।