विश्व बैंकको ऋण सहयोगमा बुटवलको तिनाउ नदीमा निर्माण हुन लागेको सिग्नेचर पुलको आर्किटेक डिजाइन तयार भएको छ । नेपालमा विश्व बैंकको ऋण सहयोगमा चितवनको नारायणी नदी र बुटवलको तिनाउ नदी सिग्नेचर पुल बन्न लागेको हो । चिनियाँ, भारतीय, स्विस र नेपालका पुल विज्ञहरूसँगको परामर्शमा सिग्नेचर पुलको आर्किटेक र स्ट्रक्चर डिजाइन करिव सम्पन्न भएको छ।
यो पुल चार लेनको (त्येक लेनको बीचमा डिभाइडर) साथै बटुवालाई हिड्न सहजताका लागि फराकिलो फुटपाथ समेत बनाउँन लागिएको हो । रातको समयलाई लक्षित गरेर लाइट पनि जडान गर्ने पुल महाशाखाले जनाएको छ । साथै, महाशाखाले पर्यटकहरुको आकर्षणको लागि युरोपी मुलुकहरुको जस्तो लोभलाग्दो विभिन्न डिजाइन गर्ने भएको छ ।
यसको आर्किटेक डिजाइन टोटल सिनर्जी कन्सल्टीङ कम्पनीले तयार गरेको हो । यसका साथै, पुलको स्ट्रक्चर डिजाइन भने स्वीस सरकारको स्वीस डेभलपमेन्ट कोअपरेशनले गरिरहेको छ ।
केपी ओली नेतृत्वको सरकारले २०७५ मा पुलहरु बनाउन विश्व बैंकलाई ऋण उपलब्ध गराउन प्रस्ताव गरेको थियो।