Monday, June 5, 2023

पल्सर एन २५० र एफ २५० को नयाँ कलर थिम सार्वजनिक

बजाजले पल्सर एन २५० र एफ २५० लाई  क्यारिवियन ब्लु  कलर थिममा सार्वजनिक गरेको छ ।  साथै, ६ महिनाअघि भारतमा लन्च भएको यि बाइक नेपाल आउँने तयारी रहेको कम्पनीले जनाएको छ । भारतमा पल्सर एन २५० को भारतीय मूल्य २५० लाई १ लाख ४४ हजार र एफ २५० को १ लाख ४५ हजार रहेको छ ।

यसमा २५० सीसी, सिङ्गल, सिलिन्डर, दुई-भल्भ, एयर र आयल-कूल्ड इन्जिन उपलब्ध रहेका छन् । यसको इन्जिनले २४. ५ पीएस पावर तथा २१ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ । दुबै मोटरसाइकलको सिट उचाइ ७९५ एमएम र ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

ग्राहकले दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर,  फुल एलइडी लाइट, सेमि डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, घडी, माइलेज, ट्रिप मिटर आदि जस्ता समान सुविधाहरू प्राप्त गर्नेछन् । ग्राहकहरुको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले सिंगल च्यानल एबीएस समावेश गरेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here