हुन्डाई मोटर इन्डियाले मंगलबार भारतीय बजारमा हुन्डाई क्रेटा नाइटको नयाँ संस्करण लन्च गरेको छ । भारतीय बजारमा सफल कार क्रेटाले नयाँ लन्चसँगै कम्पनीको कम्पनीको बिक्री बढ्ने जनाएको छ । अरु मोडलको तुलनामा नयाँ संस्करणमा धेरै परिवर्तनहरू रहेका छन् । कम्पनीले भारतमा यसको भारतीय मूल्य १३.५१ लाख राखेको छ ।
यो गाडीले ग्राहकलाई भिन्नै प्रकारको लाईफटाइम अनुभव दिने कम्पनीले जनाएको छ । नयाँ युगका ग्राहकहरूको विविध सवारी साधनका आवश्यकताहरू पूरा गर्न यो गाडीले मूख्य भुमिका खेल्ने हुण्डाई मोटर इन्डिया लिमिटेडका निर्देशक तरुण गर्गले जनाएका छन् । उनले भने, यसको बोल्ड र स्पोर्टी डिजाइनले नयाँ ग्राहकको आकांक्षासँग मेल खाने र यही गाडी खरिद गर्न प्रेरित गर्नेछ ।
हुन्डाई क्रेटा एसयूभीको नयाँ लुक नयाँ स्पेशल एडिसनमा रहेको छ । यसमा अगाडि र पछाडि स्किड प्लेट, लाइटनिङ आर्च सी-पिलर गार्निस, साइड सिल गार्निस, रूफ रेल, बाहिरी रियर भ्यू मिरर, शार्क फिन एन्टेना र टेल ल्याम्प इन्सर्ट (कालो) मा डार्क ट्रिटमेन्ट थपिएको छ।
यसमा स्मार्ट पानोरामिक सनरुफ, ट्रियो बीम एलईडी हेडल्याम्प र क्रिसेन्ट ग्लो एलईडी डीआरएल जस्ता फिचरहरु समावेश गरिएको छ ।