भारतीय बालकलाकार अश्नूर कौरले जन्मदिनको अवसर पारेर विलासी बिएमडब्लु कार खरिद गरेकि छिन् । टेलिभिजन क्षेत्रमा निकै चर्चित रहेकि कौर आफ्नो सामाजिक संजालमा कारको फोटो सार्वजनिक गरेकि हुन् ।
अश्नूर कौरले आफ्नो इन्स्टाग्राममा नयाँ बिएमडब्लु कारको साथ पोज गरेको तस्विरहरु साझा गरेकि छिन् । उनले ‘बिएमडब्लु २०१६ एक्स ३’ खरिद गरेकि हुन् । यसको भारतीय मूल्य ४० लाख भन्दा तल रहेको छ । फोटो साझा गर्दै उनले लेखिकि छिन्, ‘म १८ वर्ष पूरा भएको अवसरमा मेरो बकेट लिस्टबाट आफैँले कमाएको पैसादेखी नयाँ बिएमडब्लु खरिद गरेकि छु । ‘
कौर सन् २००९ मा लोकप्रिय टिभी स्रियल झाँसी की रानीबाट बाल कलाकारको रुपमा अभिनय क्षेत्रमा पाईला राखेकी थिइन् । अन्तिम पटक कौर टिभीमा पटियाला बेब्समा देखिएकी थिइन्