बीवाइडी आफ्नो इलेक्ट्रीक एसयूभीको नेपाली बजारमा बुकिङ खुल्ला गर्ने भएको छ । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले बैशाख अन्तिम सातादेखि नयाँ एसयूभी ‘एटो-३’ बुकिङ खुल्ला गर्न लागेको हो । नेपालमा यसको लङ रेन्ज मोडल मात्र आउने कम्पनीले जनाएको छ । कम्पनीले भने अहिलेसम्म यसको आधिकरिक मूल्य खुलाएको छैन् ।
‘एटो-३’ का सिटहरु स्पोर्टी प्रकारका रहेका छन् जसले आरामदायी अनुभव प्रदान गर्दछ । पोर्ट्रेट, ल्यान्डस्केप बिच परिवर्तन गर्न यसको ठुलो सेन्टर स्क्रिन ९० डिग्रीमा घुम्ने गर्छ । गाडीको पछाडी २ वटा युसबी पोर्ट रहेका छन् ।
यसमा ६०.४ किलोवाट आवरको नयाँ टेक्नोलोजी प्रयोग भएको ब्लेड ब्याट्री समावेश गरिएको छ जसले फुल चार्जमा ४०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ ।
यसमा १२.८ इन्चको टचस्क्रिन डिलिङ्क मल्टिमिडिया प्रणाली, डिजिटल रेडियो, ८ वटा स्पिकर डिराक साउन्ड सिस्टम, ५.० इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस स्मार्टफोन चार्जर, पावर एडजस्टेबल फ्रन्ट सिट जस्ता फिचरहरु रहेका छन् । ग्राहकको सुरक्षालाई मध्येनजर गरेर कम्पनीले ७ वटा एयरव्याग गाडीमा समावेश गरेको छ ।