Monday, May 29, 2023

टीभीएस एनटर्कको नयाँ भेरियन्ट भयो लन्च

टीभीएस एनटर्कले भारतमा आफ्नो एनटर्कको छैटौं भेरियन्ट ‘एनटर्क १२५ रेस एक्सटी’ स्कुटर लन्च गरेको छ । नेपालमा पनि अब चाडैं नै नेपालमा लन्च हुने टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले जनाएको छ ।

नयाँ भेरियन्टमा पहिलेको तुलनामा केही नयाँ फिचर र अपडेटेड फिचर आउने कम्पनीले जनाएको छ । तर  इन्जिन भने एउटै रहने छ । यसमा १२४.८ सी सी सिंगल सिलिन्डर एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम ९.२५ बीएचपी पावर र १०.५ एनएमको पीक टर्क जेनेरेट गर्दछ ।

स्कुटरको उच्च स्पीड ९५ किमी प्रतिघण्टा छ र यसले ९ सेकेण्डमा ०-६० किमी प्रतिघण्टासम्मको गति लिन सक्दछ । यसमा फुल एलईडी हेडलाइट, फराकिलो सिट र पछाडि एलईडी टेल लाइट रहेका छन् । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।

यो स्कुटरमा सामाजिक सञ्जालबाट नोटिफिकेशन प्राप्त हुनेछ । यसका साथै यसमा क्रिकेट र फुटबलको स्कोर, मौसम अपडेट जस्ता जानकारी प्राप्त हुनेछ ।

नेपालमा टीभीएस एनटर्क सर्वाधिक चल्ती र धेरै बिक्रि हुने स्कुटर मध्ये एक हो । १२५ सीसीमा आधारित यो स्कुटरको कम्पनीले  विभिन्न भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here